भक्तपुरमा डिप बोरिङ गर्दा आगोको मुस्लो निस्कियो, नियन्त्रणमा आउन सकेन

banner
फाईल फोटो
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । 

आज बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेको आगो निभाउन सकिएको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । 

आगोको मुस्लो बढ्दै गएपछि आसपासका घरमा जोखिम बढेको पूर्व गाविस अध्यक्ष शशिजङ्ग थापाले बताए । पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो । रासस 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment