संविधान संशोधनपछि भारतीयले नेपालमा भोट हाल्न पाउने !


फाइल फोटो
काठमाडौँ: नेपालको संविधान संशोधन भइसकेपछि भारतीय नागरिकले नेपालमा मतदान गर्न पाउने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
संविधान संशोधन गरी निर्वाचनमा जानका लागि यही वैशाख १० आन्दोलनरत मधेसी मोर्चासँग नेपाल सरकारले सम्झौता गरेको जनाउँदै भारतीय सञ्चारमाध्यमले त्यसैका आधारमा भारतीयले मताधिकार पाउने उल्लेख गरेका हुन् ।
भारतीय अनलाइनहरुमा आज प्रकाशित समाचार अनुसार तराई केन्द्रित दलको करिब एक वर्ष लामो आन्दोलनपछि उनीहरुको माग सम्बोधन गर्ने क्रममा नेपाल सरकारले संविधान संशोधनमार्फत भारतीय नागरिकलाई पनि मताधिकार दिन लागेको जनाइएको छ ।
भारतको समाचार अनलाइन न्यूज १८ डटकमले संविधान संशोधनले स्थानीय चुनावमा भारतीयलाई भोट हाल्न पाउने अधिकार दिलाउने दाबी गरेको छ । संशोधनपछि सीमावर्ति राज्यहरु बिहार र उत्तर प्रदेशका भारतीयले वैशाख ३१ मा हुन लागेको स्थानीय निर्वाचनमा भोट हाल्न पाउने दाबी यो अनलाइनको समाचारमा गरिएको छ ।
आन्दोलनरत मधेसी मोर्चा र सरकारले संविधान संशोधनबारे पटक पटक संवाद अघि बढाइरहेका बेला भारतीय सञ्चारमाध्यमले नेपालमा भोट हाल्न पाउनेबारेको समाचार प्रकाशित गरेका हु्न् । यो अनलाइनले नेपालमा मधेसवादी दलहरुले सात महिनाअघिदेखि तराईमा केन्द्रित भएर आन्दोलन गरिरहेको उल्लेख गरेको छ ।
यो आन्दोलनलाई टुंगोमा पुर्याउन संविधान संशोधन हुन लागेको जनाउँदै यसले नेपालमा भारतीयले मताधिकार पाउने उल्लेख गरिएको छ । यो अनलाइनले संविधान संशोधनपछि स्थानीय निर्वाचनसँगै संसदीय निर्वाचनमा पनि भारतीयले नेपालमा भोट हाल्न पाउने जिकिर गरेको छ । मोर्चाले भारतबाट बिहे गरेर आउनेबित्तिकै त्यहाँका चेलीलाई नेपालमा नागरिकता दिइजानुपर्ने अडान राख्दै आएको छ ।
अर्कातिर अङ्गीकृत नागरिकतावालालाई पनि राज्यका उच्च ओहोदामा पुग्न बाटो खोलिनुपर्ने अडान राख्दै आएको छ । मोर्चाका यी माग पुरा गर्न नेपाल सरकार तयार भएको उल्लेख गर्दै यो अनलाइनले नेपालको मन्त्रिपरिषद्बाटै यो विषय पास भइसकेको पनि उल्लेख गरेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment