यी १० काम गर्नेलाई नर्क जानबाट कसैले रोक्न सक्दैन- गरुण पुराण....


मानिस उसको कर्म अर्थात कामका आधारमा बाँचेको हुन्छ । कर्मले नै मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने जस्ता कुराको निर्धारण गर्छ ।सबै धर्मले पाप गर्दा नर्कमा जाने उल्लेख छ । गरुण पुराणमा १० काम गर्ने ब्यक्ति अनिवार्यरुपमा नर्क जाने उल्लेख छ ।




१- नवजात शिशुको हत्या गर्ने
गरुण पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जाने उल्लेख छ । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।

२- स्त्रीको अस्मितासँग खेल्ने
स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नरकगामी हुन्छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको गरुण पुराणमा उल्लेख छ ।

३- विश्वास घात
आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

४- पुजा स्थलको अपमान


कुनै पनि पुजा भैरहेको स्थानलाई अपमान गर्नेलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । कुनै धार्मिक काम भैरहेको स्थललाई अपमान नगर्नुस् ।

५- गरिव गुरुवा वा अपाङ्गहरुलाई आवश्यक पर्दा पनि सहयोग नगर्ने र उपेक्षा गर्नेहरु नरकमा पर्छन् । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ ।

६- घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि नर्कको बास हुन्छ । गरुण पुराण भन्छ घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।


७- आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्नेपनि घोर नरकमा पर्ने पुराणमा उल्लेख छ । अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।

८- आफ्नो सन्तुष्टिका लागि जनावरमाथि हिंसा गर्ने र बलि दिने पनि नर्कमा पुग्ने पुराणमा उल्लेख छ ।



९- प्रकृतिलाई नोक्शानी गर्ने, रुख विरुवा काट्ने र जंगल वा जल विनाश गर्नेहरु पनि नर्क पुग्ने गरुण पुराणमा उल्लेख छ ।

१०- पर पुरुषसँग सम्बन्ध राखेर आप्ना पतिलाई हेला गर्ने र दुःख दिने स्त्री पनि नरकमा पर्छन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment