विप्लवको नाममा सरकारी कर्मचारीबाट चन्दा माग्ने दुई जना एमाले कार्यकर्ता पक्राउ




17309469_407910126237282_6402766376289978887_n


टिभी अन्नपूर्ण ९ चैत्र, काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाममा चन्दा आतंक मच्चाउने एमाले कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाडौंको कलंकीबाट विप्लव कार्यकर्ता भएको बताउँदै सरकारी कर्मचारीबाट चन्दा माग्ने दुई जना एमाले कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एमाले निकट खुल्ला विश्वविद्यालय राष्ट्रिय कमिटि उपाध्यक्ष सन्तोष तिमिल्सेना र पशुपति क्याम्पसका पुर्व ईकाई उपाध्यक्ष कमल शाही भनिने तिलक खड्का रहेका छन् ।
उनीहरुले मालपोत कार्यालय कलंकीका कार्यालय प्रमुखसँग ५० हजार रुपैयाँ चन्दा मागेका थिए । लामो समयदेखि बार्गेनिङ गर्दै आएका उनीहरुले अन्ततः कार्यालय प्रमुखसँग ३० हजार रुपैयाँ लिने सहमति गरेका थिए । सहमति अनुसार तिलक खड्का पैसा लिन जाँदा कलंकीबाट विप्लवका कार्यकर्ताहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment