गुरुत्वाकर्षणमा कमि
अप्रिल १, १९७६ : एकाबिहानै बिबिसी रेडियो २ मा बेलायती खगोलविद् प्याट्रिक मूरको अन्तर्वार्ता बज्यो, जसमा भनिएको थियो आज बिहान ठ्याक्कै ९ बजेर ४७ मिनेटमा वृहस्पतिको पछाडि यम ग्रह गुज्रँदा पृथ्वीको गुरुत्वाकर्षण शक्ति केही कम हुनेछ। मूरले स्रोताहरुलाई यो समयमा हावामा उफ्रँदा उडेको जस्तो अनुभव हुने बताए। ९ बजेर ४७ मिनेट भइसकेपछि स्सनमा सयौँ स्रोताको फोन आउन थाल्यो। ती मध्ये धेरैले आफूले त्यस्तो अनुभूति गरेको दावी गरे। खासमा त्यो अप्रिल फूलको जोक मात्रै थियो।
0 comments:
Post a Comment