एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने ! शेयर गरेर सबैलाई जानकारी गराउ ..

potato-power-15992112१९ पुस, एजेन्सी।
के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ?
अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन।
सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्।
बीबीसीमा छापिएको एक रिपोर्ट
जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’potato-power-1477312
राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ।
यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा)
आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थ तर्फ दौडन्छ तब उर्जा पैदा हुन्छ।
यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थिए तब उनको यस्तो प्रतिक्रिया भइ उर्जा निस्कने पत्ता लगाएका थिए।
यहि प्रभावको लागि दुई इलेक्ट्रोड्सको बिचमा अन्य पदार्थ पनि राख्न सकिन्छ। अलेक्जेन्डर भोल्टाले नुन पानीमा भिजेको कागजको प्रयोग गरेका थिए।
आलुमाथी अध्ययन
सन् २०१० मा, राबिनोविचले क्यालिफोर्निया यूनिभर्सिटीका एलेक्स गोल्डबर्ग र बोरिस रुबिस्कीसंग यो बारेमा एक कोसिस गर्ने सोचे। गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग-अलग तरिकाको आलुको आन्तरिक प्रतिरोधको जाँच गर्यौं।’potato-power-23718914
-आलुलाई आठ मिनेट उमाल्दा आलु भित्रको कार्बनको संरचना टुट्यो, प्रतिरोध कम भयो र इलेक्ट्रोनको गतिविधि बढ्न थाल्यो। यसले बढी उर्जा उत्पादन गर्यो।
-आलुलाई चार-पाँच टुक्रा काटेर तामा र जिङ्क पाताको बीचमा राखियो। यसले उर्जा १० गुणा बढायो अर्थात बिजुली उत्पादन गर्ने लागतमा कमी आयो।
-राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम छ, तर यस्तो ब्याट्री बनाउन सकिन्छ जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकोस्।potato-power-224854614-एक आलु उमाल्दा पैदा हुने बिजुलीको लागत ९ डलर प्रति किलोवाट घण्टा हुन्छ, जुन सामान्य ब्याट्रीभन्दा ५० गुणा सस्तो हुन आउँछ।
-विकासशील देश जहाँ मट्टितेल प्रयोग हुन्छ यो प्रविधिको प्रयोग ६ गुणा सस्तो हुने बताइन्छ।
केराको बोक्रा
सायद यहि कारणले पनि श्रीलंकाको केलानिया यूनिभर्सिटीका अनुसन्धानकर्ताले केराको बोक्रामाथी पनि प्रयोग गर्दैछन्।potato-power-243072014
भौतिक वैज्ञानिक जयसूर्या र उनको समुहले केराको बोक्रा उमाल्दा पनि एक एलईडी बत्ति ५०० घण्टासम्म बल्ने बताउँछन्। यसरी उर्जा अन्य फलबाट पनि निकाल्न सकिन्छ। यसरी निकालिएको विद्युत निकै थोरै भएपनि एलईडी बत्ति बल्न भने उर्जा पुग्छ।
तर उर्जाको वास्तविक स्रोत आलु वा केराको बोक्रा भने होइन ।
उर्जा त जिङ्कबाट निस्कने इलेक्ट्रोनको कारण पैदा हुन्छ। त्यसैले केही समयपछि प्रयोग गरिएको जिङ्क खिइएर सकिन्छ अनि नयाँ जिङ्कको पाता फेर्नुपर्ने हुन्छ।
जिङ्क निकै सस्तो धातु हो। र यसको इलेक्ट्रोड करिब ५ महिनासम्म चल्छ। मूल्य तुलना गर्दा एक लिटर मट्टितेल भन्दा जिङ्कको पाता सस्तो पर्न आउँछ।
यदि जिङ्क उपलब्ध छैन भने म्याग्नशियम वा फलाम पनि विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ।
source:http://nepaliheadlines.com
 
Sponsored by Revcontent

From The Web

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment