बाग्लुङ ।
शुक्रबार बाग्लुङको बुर्तिवाङ बजार नजिक फुर्से पहराबाट बडीगाड खोलामा खसेको मे ३ प २०४६ नं मोटरसाइका चालकको शव भेटिएको छ । मध्येपहाडी लोकमार्गमा मजदुरी गदै आएका झापाका २२ बर्षिय अनुप महतो गएराती बुर्तिबाड बजारमा आलुकिनेर फर्कदा फुस्रेभिरबाट खोलामा खसेर बेपत्ता भएका थिए ।
अर्को एक व्यक्तिसहित मोटरसाईकल दुर्घटनामा परेको खबर पाएपछि प्रहरीले महतोको गएरातिदेखी नै खोजीकार्य थालेको थियो । उनिसँगै दुर्घटनामा परेका अर्का व्यक्तिभने दुर्घटनाको जानकारी दिएर मोबाईल स्विचअप गरि फरार भएका छन । साथी संग बुर्तिवाङ बजारबाट आलु किनेर भिङगिठे तिर फर्कदै गर्दा भएको दुर्घटनाका बारेमा उनकै साथीले जानाकारी गराएपछि खोजीकार्य थालेको भएपनि ति व्यक्ति फरार भएकाले प्रहरीले दुर्घटनाको अनुसन्धानका लागी उनको खोजी गरिरहेको छ ।
0 comments:
Post a Comment