धरान÷पूर्वबाट धरान आउदै गरेको कार इटहरी र धरानको बीचमा पर्ने सेउती पुल पूर्व चैत्र ५ गते शनिबार दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।धरान–१२ का विष्णुकुमार लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो भने युवा व्यवसायी राजेन्द्र ल्वागुन, उनकी श्रीमति शुसिला ल्वागुन र १० वर्षका छोरा निरज ल्वागुन गम्भिर घाइते भएका छन् । उनीहरुको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
झापाको माइधारमा पुजाआज गरेर धरान घर फर्कने क्रममा सडकबाट गाडि अनियन्त्रित भई दुर्घटना भएको छ । तिब्र गतिमा धरान तर्फ आउँदै गरेको कार ब्रेक फेल भई दाँयातर्फ मोडिएर सडक छाडि जंगलतिर हानिएको थियो । करिब १ सय मिटर अगाडी रुखमा ठोकिएपछि गाडि रोकिएको थियो तर उक्त अवस्थासम्म पुग्दा कारको कभर तथा सिसा काम नलाग्ने गरी कुच्चिएको छ । दायाँ तर्फको सिटमा रहेका लिम्बुको कारको सिसा फुटेर टाउकोमा चोट लागेको छ भने चालक राजेन्द्र ल्वागुनको छातिमा भित्री चोट लागेको छ । ३४ वर्षिय ल्वागुन र उनका छोरा बेहोस अवस्थामा छन् । श्रीमति शुसिलाको खुट्टामा गहिरो चोट लागेको छ ।
धरान–१५ बुढासुब्बाचौकमा अवस्थित ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राजेन्द्र ल्वागुनले गत वर्षमात्रै उक्त कार लिएका थिए । परिवारसहित शनिवारको दिन पुजा गरि फर्कनेक्रममा दिउँसो करिब २ः३० बजे उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । युवा व्यवसायी राजेन्द्र ल्वागुन सामाजिक क्षेत्रमा समेत लोकप्रिय नेता हुन् । ल्वागुन भद्र, संयम र मिजासिलो स्वभावका छन् । दुर्घटनाको समयमा सडकमा पानी परेको थियो ।
0 comments:
Post a Comment