OMG ! बिश्वकै खतरनाक ISI का एजेन्ट सहित ५ जना बिरगंजबाट पक्राउ । नेपाल र भारतमा ISI बिस्तार गरेको खुलासा


 पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका पाँच जना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ ।
प्रहरीले दुवईमा बसेर नेपाल र भारतमा आईएसआइका लागि आपराधिक गतिविधी गर्दै आएका बाराको परशुरामपुर गाविस ४ स्थायी घर भइ हाल कलैया नगरपालिका ८ मा घर बनाएका ४८ बर्षीय शम्सुल होदा, बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमार कुर्मीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा पाँचै जनालाई सार्वजनिक गरिएको हो । बाराको करैया जंगलमा गत पुस १३ गते घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका भारत आदापुरका दीपक राम र अरुण रामको हत्या पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा गरिएको खुलासा भएपछि त्यसमा संलग्न भनिएका होदालाई नेपाल प्रहरीले इन्टरपोलको मद्दतमा दुवईबाट पक्राउ गरी सोमबार साँझ जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो ।
मोजाहीरलाई बारा प्रहरीले गत पुस १५ गते कलैयाबाट, बृजकिशोरलाई पर्साको बिजबनीयाबाट पुस २४ गते तथा आशीष र उमेशलाई माघ १ गते कलैयाबाट पक्राउ गरिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
अहिले पक्राउ परेका पाँचजना मध्ये केहीको मोबाइलमा हरैया जंगलमा भारतीय युवकद्वय रामको क्रुर तरिकाले हत्या गरिएको भिडियो रेकर्डिङ समेत रहेको फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । पक्राउ परेका होदासहितका पाँचै जना बाराको करैया जंगलमा पुस १० गते भएको दुई भारतीय युवकको हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए । 

गत अक्टुबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत् रक्सौल गम्हरीका राजु भन्ने उमाशंकर पटेललाई ८ लाख भारु पेश्कीका रुपमा दिएका थिए ।
बम विस्फोटको योजना सफल भएपछि होदाले तीन करोड रुपैयाँ गिरी र उनलाई सहयोग गर्नेलाई दिने सम्झौता भएको थियो । तत्काल पेश्कीका रुपमा होदाले पठाएको आठ लाख रुपैयाँ उमाशंकरले भारत आदापुरका दीपक र अरुणलाई दिएर रेल्वे ट्रयाकमा बम राख्न लगाएका थिए । तर प्राविधिक त्रुटीका कारण उक्त बम विस्फोट नभएपछि होदाले पेश्कीका रुपमा दिएको रकम फिर्ता लिन बृजकिशोरलाई निर्देशन दिएका थिए ।
निर्देशन अनुसार अरुण र दीपकले रकम फिर्ता नगरेपछि बृजकिशोरले दुवै जनालाई गत पुस १० गते बाराको करैया जंगलमा बोलाएर मोजाहीर, उमेश र आशीषको सहयोगमा बोलाएर दुवै भारतीय अरुण र दीपकको घाटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment