सत्र बर्ष ओछ्यानमा पल्टेका आग्रीले पाएनन् उपचार, उनको साथमा न संघसंस्था न सरकार :: Read More >>>http://dcne



कृपया सेयर गरी यिनको जिबन बचाउन सहयोग गर्नुहोस  

डवल महतारा

मंसिर २६ । जाजरकोटका अमरवहादुर आग्री उमेरले १७ बर्षका भएपनि शारीरिक अबस्था अझै शिशुको जस्तै छ । उनी अझै वोल्न, सुन्न र हिडडुल गर्न  सकिरहेका छैनन् । ढिमेको घरङगाका अमर अहिले पनि अरुको साहारामा बाँचिरहेका छन ।

घरमा हेरचाह गर्ने आमाको मृत्यछि उनलाई झनै समस्या परेको छ । कसैले इशारा गरेर वोलेपछि वुझे जस्तै गरी चल्मलाउँछन् ।  चल्न र पल्टिन खोज्छन् तर उनको शारीरिक अबस्थाले कहिल्यै साथ दिंदैन ।

उनलाई रात र दिउसोको कुनै मतलब छैन । अरुको साहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा  लाग्दा पानी पनि कहिल्यै समयमा पाएनन् । उनको स्वास्थ्य अबस्था एकदमै नाजुक छ । ओछ्यानमै थाला परेका अमरको खानेकुरा पनि झिंगा नभन्केको कुनै दिन छैन ।

यो अबस्था उनको जन्मजातबाट नै हो । आर्थिक अबस्था कमजोर भएकाले उनका आमाबुवाले धामी झाँक्री वाहेक अन्यत्र कतै उपचारका लागि लिन सकेनन् ।  बरु पालैपालो श्रीमान–श्रीमतिले एक जनाले काम गर्ने र अर्कोले उनको हेरचाह गरिरहे ।

आमाको मृत्यु भएपछि त्यो पनि विस्तारै कम हुदै गएको अमरका वावु जने आग्री बताउँछन् । उनले भने –‘आफुसंग पैसा नभएकोले सुविधा सम्पन्न ठाँउमा लगेर छोराको उपचार गराउन सकिएन । साह्रै दुःख लागिरहेको छ तर के गर्नु भाग्य नै यस्तै रहेछ ।’

आफ्नो नाममा कुनै सम्पत्ति नभएका जनेका छोराको उपचारमा न राज्यले प्राथमिकता दिएको छ नत कुनै संघसंस्थाले हेरेका छन् । केवल यसको दोष भाग्यलाई थोपारिरहेका जाने भन्छन् –‘छोराको उपचार खर्च जुटाउन कैयौं ठाउँ धाएँ तर कतैबाट पनि सहयोग मिलेन ।’

जेठी छोरीको विवाह भइसकाले र जेठो छोरा भारत गएर घर नफर्केकाले पनि जनेलाई साह्रै समस्या परेको गाउँलेहरु बताउँछन् । उनको समस्या समाधानका लागि गाँउभरिवाट १ सय ३८  घरधुरीले अन्न उठाएर सहयोग गरेका छन् ।

उनको बसोबासका लागि पनि सवै मिलेर सार्वजनिक ठाँउमा खरले छाएको टहरो वनाइदिएको स्थानिय धन वहादुर सिंहले वताए । परिवार ठुलो र काम गरि खाने जग्गा जमिन नहुँदा आधारभूत समस्या हल गर्न सहयोग होस् भनेर गाउँहलेहरुले उनलाई ढिमे ४ घरङगामा रहेको सामुदायीक वनको चौकीदार बनाइदिएका छन् ।

घरपरिवारको आर्थिकस्थिति र १७ बर्षीय छोराको अबस्था हेर्दा साह्रै पीडादायी महसुश भएको जाजरकोटका पत्रकार दिपेन्द्र शर्मा बताउँछन् । उनी भन्छन् –‘उनको यो अबस्था देखेर सहयोगका लागि सबैले अग्रसर हुन आवश्यक छ ।’

मुक्त हलिया परिचय पत्र  पाएपनि जनेले अहिलेसम्म राज्यबाट कुनै सुविधा लिएका छैनन् । जीभनभर दुःखमा हुर्केका जनेलाई  सहयोगका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेको पत्रकार शर्माको भनाई छ ।

अहिले संचारमाध्यममा उनको बारेमा समाचार प्रकाशन प्रशारण गर्नेदेखि लिएर सामाजिक सहयोगका लागि आब्हान गर्दै हिडेका पत्रकार शर्माले सहयोगका लागि सबैसंग आग्रह गरेका छन् । उनी भन्छन् –‘सहयोग गर्ने महानुभावहरुले ९८४८२०९९७७ सम्पर्क गर्न अनुरोध छ ।’ फोटो सौजन्य: दिपेन्द्र शर्मा
 /dcnepal.com/
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment