श्रीमानले घर निकाला गरेपछि ति महिला दुई छोरी काखमा च्यापेर सडकमा बस्न बाध्य बनिन्। नवजात बालिकालाई चिसोबाट बचाउन कपडा नभएपछि ती म
हिलाले थैलोमा लुकाएर राखिरहेको तस्वीर सहितको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
चान्दराम नाम गरेका ती व्यक्तिले पाँच वर्ष पहिले रागिनीसँग विवाह गरेका थिए। विवाहपछि सधै रक्सी पिएर रागिनीलाई कुटपित गर्ने गरेको समाचारमा उल्लेख गरिएको छ। विवाह पछि रागिनीले पहिले छोरी सीमालाई जन्म दिएकी थिइन्।
पहिलो सन्तान छोरी जन्मिएपछि चान्दरामले छोराको चाहना गरेका थिए। तर दोस्रो सन्तानका रुपमा पनि छोरी नै जन्मेपछि उनले चीसो रातमा श्रीमती र छोरीलाई घर निकाला गरिदिए। रातभर घर बाहिर रुदै बसेकी रागिनी बिहान ढेड वर्षकी सीमा र १० दिनकी नवजात बालिकालाई लिएर बस स्टेसन पुगिन्। तर उनी कतै जाने ठाउँ थिएन्। त्यो सबै स्थानीय पार्षद लालु तन्वरले देखेपछि उनलाई सहयोग गर्न उनका सामु पुगे। उनले सबै जानकारी प्रहरीलाई बताए।
घटना थाहाँ पाएपछि प्रहरीले चान्दरामलाई पक्राउ गरेर ल्यायो । प्रहरीले उनलाई सम्झाइ बुझाइ गरेपछि अब त्यस्तो कहिलै नगर्ने बाचा गरे। त्यसपछि उनी श्रीमती र छोरीलाई लिएर फेरि घर फिर्ता भए। एजेन्सी
HAMARA BHARAT MAHAN??????????????
ReplyDelete