अमेरिकामा गैरकानुनी आप्रवासीलाई धरपकड, एक सातामा छ सय पक्राउ

अमेरिकाको होमल्याण्ड सेक्यूरिटी एजेन्सीले गैरकानुनी आप्रवासीहरुलाई पक्राउ सुरु गरेको छ । गएको साता मात्र छ सय जनलाई विभिन्न ११ राज्यमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । 
द न्यूयोर्क टाइम्सका अनुसार न्यूयोर्क सीटी क्षेत्रमा मात्र ४० जनालाई पक्राउ गरिएको कानुन कार्यन्वयनमा खटिएका अधिकारीहरुले उल्लेख गरेको जनाएको छ । यद्यपी गैरकानुनी र अपराधिक कार्यमा सजाय तोकिएका अप्रवासीहरुलाई खोजी गर्ने कार्य नियमित हो वा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले अघि बढाएको हो भन्ने कुरा खुल्न नसकेको टाइम्सले जनाएको छ । 
राष्ट्रपति ट्रम्पले भने गएको रात ट्वीटर मार्फत गैरकानुनी अपराधीहरुमाथि गरिएको धरपकट आफ्नो चुनावी अभियानकै कार्यन्वयन उल्लेख गर्दै ग्याङ सदस्यहरु, लागु पदार्थका कारोबारी र अन्यलाई हटाइने उल्लेख गरेका थिए । 
तर, होमल्याण्ड सेक्यूरी विभागका कामु सञ्चार सचिव गिलानी क्रिस्टेनसनले भने कारवाहीलाई नियमित कार्य उल्लेख गरेको जनाएको छ । यद्यपी आप्रवासी समुदायमा भने यस कारवाहीले डर पैदा गरेको उल्लेख गरिएको छ । 
अमेरिकामा यसरी गैरकानुनी आप्रवासीहरुलाई पक्राउ गर्ने र फिर्ता पठाउने गरिएको यो पहिलो होइन । यसअघिका राष्ट्रपति वाराक ओवामाको प्रशासनले पनि सन् २०१२ मा ४ लाख ९ हजार ८ सय ४९ लाई फिर्ता पठाएको बताइएको छ ।  
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment