बिगुल न्यज ११ फागुन – धुर्मस सुन्तलीलाई बदनाम गराउन काभ्रेको डाँडागाउमा निर्माण गरिएको एकिकृत नमुना पहरी बस्तीबारे भ्रम सिर्जना गरिएको छ । काभ्रे अनलाई नामको एक अनअफिसियल युट्युव च्यनल खोलेर त्यहाँका केही स्थानीयको बाइट राखेर तयार पारिएको सो भिडियोमा ५० वर्षका लागि भनेर बनाएको बस्ती एक लात हान्दा पनि भत्किने खालको भएको बताइएको छ । एकै परिवारका २ जना र मादक पदार्थ सेवन गरेका जग्गाधनीसँग नकारात्मक कोणबाट बाइट लिएर सो बस्तीबारे उक्त भिडियो मार्फत भ्रम सिर्जना गर्न खोजिएको छ ।

२०७२ साल बैसाख १२ गतेको बिनासकारी गोरखा भूकम्पबाट प्रभाबित अल्प संख्यक र पिछडिएका जाती पहरीहरुको दयनिय अवस्था रहेकाले २० परिवारलाई ‘धुर्मुस सुन्तली’ले घर निर्माण गरिदिएका थिए । एकिकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । धुर्मुस सुन्तली लगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका थिए त्यसका स्थानीयहरुले पनि उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । भूकम्पका ठूला पराकम्प गइरहेकै समयमा २०७२ साउन २७ गते मै सो नमुनाबस्ती धुर्मुस सुन्तलीले स्थानीयलाई हस्तान्तरण गरेका थिए ।
विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगमा धुर्मुस सुन्तलीले पहरीबस्तीमा सो नमुना घरहरु बनाइका थिए तर अहिले ति घरहरु दिगो नभएको भन्दै स्थानीयले गुनासो गर्न थालेको समाचार बाहिर आएको छ । हरेक घरमा धारा र शौचालय, भूकम्पबाट सुरक्षित प्रिफेब्रिकेट प्रयोग गरीएको, बायोग्याँस, डिस होमलगायतका सुविधा रहेको सो नमुना बस्ती सुरक्षित समेत नरहेको र मुक्का हान्दा समेत भत्किने भन्दै भ्रम सिर्जना गर्न खोजिएको छ ।

के भन्छन् सिताराम कट्टेल धुर्मुस – सुन्नुस बिगुल न्यूजले सिताराम कट्टेल धुर्मुससँग गरेको पूरा टेलिफोन कुराकानी


समाज सेवामा क्रियाशिल हास्यकलार सिताराम कट्टेल धुर्मुसले आफूहरुलाई बदनाम बनाउन भ्रम सिर्जना गरिएको भन्दै गुनासो गरेका छन् । बिगुल न्यूजसँग टेलिफोन कुराकानी गर्दै कटट्टेलले भने, “एक तर्फी रुपमा नकारात्मक मात्रै कुरा उठाएर पटक पटक एउटै मान्छेलाई बोल्न लगाएर हामीलाई बदनाम गर्न खोजिएको छ ।” धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष समेत रहेका कलाकार कट्टेलले त्यहाँको बस्तीको दिगो संरक्षणका लागि पहल भइरहेको समेत जानकारी दिए । त्यसका लागि बस्तीमा आवस्यक सामाग्रीहरुसमेत केही दिन अघि मात्रै पु¥याएको बताए । यसका साथै स्थानीयलाई नै शिक्षित बनाउनको लागि भन्दै बस्ती निर्माणमा जग्गा हस्तान्तरण गर्ने स्याम पहरीको छोरालाई समेत पढाइरहेको कलाकार कट्टेलले बिगुल न्यूजलाई बताए । त्यहाँका स्थानीयहरु ऋधिकांशले जाँड रक्सी सेवन गर्ने गरेको र बस्तीको संरक्षणमा कुनै पनि ध्यन नदिएकाले त्यहाँ संरक्षणको चिन्ता आफूहरुलाई पनि रहेको भन्दै त्यसका लागि प्रशासनलाई समेत जानकारी गराएको बताए । जग्गा धनी स्याम पहरीका छोरा सहदेब पहरीसँग गरिएको कुराकानी
जग्गाधनी स्याम पहरीका छोरा सहदेब पहरीले भने सबै गलत र एक पक्षीयरुपमा भ्रम फैलाइएको बताए । देश बनाउने अभियानमा लागेकाहरुलाई खुट्टा तान्ने प्रयास भएको भन्दै उनले भने जुन मान्छेले पहिले दरबार बनाईदिएको भने उनीहरुले नै जाँड खाएर नराम्रो कुरा भनेका छन् राम्रो बोल्नेहरुको नलिएर नराम्रो मात्र बोलाईएको छ । यो समाचार तयार पार्दा सो युट्युव च्यानल नै बन्द गरिएको छ