अमेरिका, ग्रिनकार्ड र कागजी श्रीमती !

यो मेरो व्यक्तिगत कथा होइन, नाम खुलाउन नचाहने एउटा पीडित नेपालीको हो ।
बत्तीस बर्षको उमेरमा करिब २२ बर्ष अगाडि पर्यटक भिसामा अमेरिका छिरेको म छ महिनापछि भिसाको म्याद सक्किनासाथ गैरकानुनी आप्रबासी हुन् पुगें। प्रचलित नियम कानुनको बर्खिलाप नगरेसम्म पक्राउ गरेर देस निकाला नगर्ने भएकाले यो देशमा म र मजस्तै लाखौं गैरकानुनी आप्रबासीहरु तीसौं बर्षदेखि पनि काम गरेर बस्दै आइरहेका छन् ।

लाटो खान्छ तीन बल्ड्याङ्ग, बाठो खान्छ १० बल्ड्याङ्ग भनेकोजस्तो अरुको लहैलहैमा सजिलै ग्रिनकार्ड पाउने लोभमा मैले झन्डै २० बर्ष जेठी महिलासँग कागजी बिबाह गर्न पुगे । याँहा धेरै महिलाहरुको मासिक रुपमा पैसा लिएर कागजी बिबाह गर्ने र छोड्ने ब्यापार नै छ।
पहिले हरेक महिना पाँच सय डलर तिर्ने र अलग अलग बस्ने, दुइ बर्ष पछि मेरो ग्रिनकार्ड हुनासाथ पारपाचुके गरेर आफ्नो आफ्नो बाटो लाग्ने सम्झौताअनुसार करिब ९ महिना मासिकरुपमा पैसा तिरेर मैले उसलाई कागजी श्रीमती बनाएको   थिएँ। तर, दसौ महिना पैसा लिन मेरो डेरामा आएको समयमा अचानक ठूलो पानी पर्यो र राति अबेरसम्म उ मेरो अपार्टमेन्टमा नै रुक्न बाध्य भइ । त्यो दिन मेरो जीबनमा औंशीको रात नै लिएर आएको रहेछ मैले उसंग शारीरिक सम्पर्क राख्न पुगें। त्यसपछि हरेक हप्ता हाम्रो वीचमा शारीरिक सम्पर्क हुन थाल्यो। केही समयपछि हामीले “लिभिङ्ग टुगेदर” को रुपमा संगै बस्ने विचार गरेर संगै बस्न थाल्यौ ।
संगै बसेपनि दुइ बर्षपछि पारपाचुके गर्ने हाम्रो सम्झौता कायम नै थियो। त्यो दिन त्यस्तो शारीरिक सम्पर्क राख्ने र संगै बस्ने कुविचार मेरो मनमा कुन दशा लागेर आयो होला भनेर म आफैंलाई हरेक पल र हरेक दिन धिक्कार्छु, तर धिक्कारेर के गर्नु  ? अब मैले गर्न सक्ने केही छैन, म नराम्ररी खाडलमा फसिसकेको छु।
आफूले राम्ररी नबुझी गलत निर्णय लिँदा र बुझेका हरुले भनेको नसुन्दा आज म न तल जान सक्ने न त माथि जान सक्ने । अर्थात् धोबीको कुकुर न घरको न घाटको भनेको जस्तो भएको छु । अर्थात् मसंग आज न त ग्रिनकार्ड छ, न त मनमा शान्ति। नेपालमा म फर्किने आशामा पर्खेर बसेका बाबु, आम़ा, श्रीमती र छोरीलाइ नै पट्यार लागिसकेको हुनुपर्छ। छोरीको त बिबाह भएर पनि म हजुरबुवा भइसकें । तर, नातिनीको मुख देख्न पाएको छैन।
महिला अधिकार चरम बिन्दुमा रहेको यो देसमा मलाई यो श्रीमती भालुको कम्पट भएको छ । न त म उसलाई सजिलै छोड्न सक्छु, न मिलेर शान्तिका साथ बस्न नै सक्छु। किनकी दुबैजना पारपाचुकेका लागि तयार नभएसम्म कुनै एकले छोड्न सक्दैन, केही हदसम्म महिलाले चाहेर हुन्छ, तर पुरुषले मात्र चाहेर कुनै हालतमा हुन सक्दैन। उ मलाई छोड्न तयार छैन किनकि मजस्तो एक पैसा तिर्न नपर्ने नोकर यो संसारमा कतै पाइँदैन।
उसले मेरो ग्रिनकार्ड बनाउन केही सहयोग गर्न सक्ने अवस्था छैन किनकि उ गरिब जनतालार्इ सरकारी तबरबाट प्रदान गरिने खाद्ध्य भत्ता (फुड स्ट्याम्प) लिएर बसेकी नागरिक हुन्, त्यस्तो नागरिकले  कुनै बिदेशी नागरिकसंग बिबाह गरेर ग्रिनकार्डका लागि आबेदन दियो भने आफैं सरकारी सहयोगमा बाँच्नेले तैंले बिदेशी नागरिकलाई कसरी पाल्छस् भनेर सरकारले प्रश्न गर्छ । किनकि दुइ बर्षसम्म त्यो बिदेशी नागरिकले नियमअनुसार काम गर्न पाउँदैन, गैरकानुनी रुपले काम गर्नु अर्कै कुरा हो।
अब मैले यो जुनीमा उसबाट छुटकारा पाउन कि त उसको मृत्यु हुनुपर्छ कि त उसको मनमा दया पलाएर मलाई मुक्त गरिदिनुपर्छ। उसको मनमा दया पलाउने त कुनै सम्भावना नै छैन । किनकि मजस्तो निशुल्क रुपमा सबै काम गर्ने नोकर उसले यो देशमा पाउने कुरै छैन। अब मृत्यु भनेको उ भन्दा अगाडि मेरो पनि हुन् सक्छ, त्यो कसले जानेको छ र?
यो देशमा म जस्तै जानीजानी बढी बाठो भएर वा पूर्ण जानकारी नभएर ग्रिनकार्डको लोभमा फसेका कति व्यक्ति होलान् ? हामीजस्तै तेश्रो बिश्वबाट आएका व्यक्तिलाई पढेलेखेका र धनि व्यक्तिहरुले वास्तै गर्दैनन्, बिबाह गर्ने त् धेरै टाढाको कुरा भयो, कतै अपवाद हुनसक्ला, त्यो भिन्दै कुरा भयो। हामी गोरो छाला भएको विदेशीले बिबाह गर्छु भन्यो भने दायाँ बायाँ केही नसोचेर हाम फाल्छौं र नराम्ररी फसेपछि मात्र यस्तो रहेछ, भनेर थाहा पाउँछौं, जब थाहा पाउछौं त्योबेला निकै ढीलो भइसकेको हुन्छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment