प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्यालीमा सहभागी छात्राको ज्यान गएको छ ।
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस
वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।
वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्यालीमै बेहोस भएकी थिइन्। वीरेन्द्रचौक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको छ । त्यहाँको डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए। प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्यालीमा गएकी थिइन् । अन्नपूर्ण
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस

0 comments:
Post a Comment