बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्याइयो ।
त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव दिए । उनी चैत १३ गते साँझ ई-रिक्सा चढेर लुम्बिनी प्रादेशिक अस्पताल पुगे ।
अस्पतालमा ज्वरो स्क्रिनिङ गरेपछि कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो । उनी धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पताल भर्ना भए ।
अस्पताल भर्ना भएको चार दिनपछि उनको मृत्यु भयो ।
मृत्युको कारण अस्पतालले खुलाएन । बरु, प्रेस विज्ञप्ती जारी गर्दै उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जानकारी दियो ।
मृत्यु भएको भोलिपल्ट उनमा कोरोना संक्रमण नभएको रिपोर्ट आयो ।
Source : Onlinekhabar
0 comments:
Post a Comment