वडा अध्यक्षले राति गाउँमा कुखुरा चोरेपछि...

कुखुरा चोरेको आरोप लगाइएका वडा अध्यक्ष दुर्गाबहादुर केसी। फागुन २६, २०७४ कालिकोट :  जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेकाे छ। गत फागुन ६ गते राति वडा अध्यक्ष र वडा सदस्य मिलेर स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको आरोप लागेकाे हाे।   ६ फागुन राति वडा अध्यक्ष र वडा सदस्यले कुखुरा चोरेर खाएको स्थानीयले थाहा पाएपछि अहिले उनीहरू गाउँ छाडेर भागेको सुरक्षाका कारणले नाम नबताउँने सर्तमा एकजना स्थानीयले थाहाखबरलाई बताए। ‘वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन्।’ उनले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन्।’ वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजीनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन्। स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले  नैतिकताका आधारमा राजीमाना दिनुपर्छ।’ घटनाबारे थाहा छैन : वडा अध्यक्ष खुकुरा चोरी खाएको आरोप स्थानीयले लगाएका विषयमा तपाईंको धारणा के हो भनेर वडा अध्यक्ष केसीलाई सम्पर्क गर्दा केसीले आफूलाई त्यस विषयमा थाहा नभएको र आफू सदरमुकाममा रहेको वडा जान बाटोमा हिँड्दै गरेको बताए। ‘कुखुरा चोरेको आरोप कसले लगायो थाहा भएन।’ उनले भने, ‘अहिले म गाउँमा जाँदै छु। बुझेर तपाईंलाई खबर गरौँला।’ वडा अध्यक्षले कुखुरा चोरी खाएको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘वडा अध्यक्षका विषयमा गाउँपालिकामा कुनै जानकारी छैन’ उनले भने।  वडा अध्यक्ष केसी नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि हुन्।  
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment