अभिन्न अंग किड्नी जोगाउने १० तरिका जसले किड्नी सुरक्षित राख्छ ! पढेर सबैलाई जानकारीको लागि सेयर गर्नुहोस

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ ।
कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही महत्वपूर्ण जानकारी:
१- पानी कम पिउने : तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
२- नून बढी : खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
३- पिसाव रोक्ने : यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
अभिन्न अंग किड्नी जोगाउने १० तरिका जसले किड्नी सुरक्षित राख्छ ! पढेर सबैलाई जानकारीको लागि सेयर गर्नुहोस४- गुलियो खाने बानी : यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
५- पोषणको : अभाव शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
६- मासु बढी खाने : मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
७- अनिद्रा : रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८- चिया कफी बढी सेवन : चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
९- पेनकिलर सेवन : टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।
१०-जाँड रक्सी : अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment