ब्रेकिङ ः काठमाडौंमा यसरी खस्यो यूएस बंगलाको विमान,अधिकांशको जलेर मृत्यू ! (भिडियो सहित)

त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ।

६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने उनले बताए।

दुर्घटनामा परेका यात्रुलाई अहिले सेना, प्रहरीले एम्बुलेन्समार्फत केएमसी र सिभिल अस्पतालमा उपचारका लागि ल्याइँदै छ। यतिबेला विमानस्थल बन्द गरिएको छ। रनवेबाट बाहिरिएको विमान २स् २० मा दुर्घटनाग्रस्त भएको थियो।

एम्बुलेन्स तथा हेलिकप्टरबाट पनि घाइतेलाई उपचारका लागि अस्पताल लगिँदैछ।
भिडियो हेर्न यो तलको बक्समा क्लिक गर्नुहोस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment