ट्रम्पपछि अष्ट्रेलियाका मेयरले भने नेपालीहरु सुँगुर हुन्, उनीहरुलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाउ !

Image result for nepal australia flagट्रम्पपछि अष्ट्रेलियाका मेयरले भने नेपालीहरु सुँगुर हुन्, उनीहरुलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाउ !अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत सप्ताहन्तमा गरेको कार्यक्रममा जताततै फोहोर फालेर छोडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।
उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् ।

हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।
त्यसपछि इरेट रोकडेलका बासिन्दाहरुले बेसाइड काउन्सिलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए ।
‘पार्कको अवस्था देख्दा मलाई विरक्त लाग्यो । त्यहाँ घाँसभन्दा फोहोर धेरै थियो । ती सुँगुरहरुलाई अब आइन्दा पार्कमा छिर्न दिनुहुँदैन,’ रकडेल रेजिडेन्ट्स युनाइट फेसबुक साइटमा मार्क स्नेडोनले पोष्ट गरेका छन् । उनी आफ्नी छोरीको जन्मदिन मनाउन सो पार्कमा पुगेका रहेछन् ।
एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाइमा सहभागी भएका थिए ।
मेयर साराभिनोभ्स्कीले भने, ‘म एकदमै निराश छु । वाषिर्क क्लिन अप अष्ट्रेलिया दिवसका दिन किन हाम्रो ठूलो पार्कलाई यस्तो रद्दी बनाएर छोडियो ?’
मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् । आयोजकहरुले पार्कलाई पहिलेकै अवस्थामा छोडेर हिँडेमा भने शुल्क फिर्ता दिन सकिने उनको भनाइ थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment