ब्रेकिङ ः अमेरिकामा नेपालीले लुकेर काम गर्ने स्टोरमा पनि प्रहरीको छापा, १८ जना पक्राउ

इमिग्रेसन अधिकारीले  वुधवार काम गर्ने अधिकार नभएका कागजात विहिन कामदार हटाउने अभियान अन्तर्गत  अमेरिकाभरका विभिन्न स्थानमा रहेका सेभेन इलेभेन स्टोरमा गई सोधखोज र शंकास्पदलाई हिरासतमा लिएका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई)का अधिकारीले बुधवार अमेरिका सवैभन्दा ठुलो खुद्रा फ्रेन्चाईज स्टोर सेभेन इलेभनेलाई लक्षित गरेर कार्यस्थलमै गई सोधखोज र कारवाही गरेका हुन् । 
 
अमेरिका भरका ९८ स्टोरमा आईएसआईका अधिकारी गई कार्यरत कर्मचारीको विवरण लिनुका साथै त्यहां कार्यरत कर्मचारी र म्यानेजरसंग सोधपुछ गरेको थिए ।
 
यस क्रममा गैरकानुनी रुपमा अमेरिकामा वस्दै आएको आशंकामा त्यहांवाट २१ जनालाई हिरासतमा लिईएको छ । 
 
सेभेन इलेभेन अमेरिकामा चल्ति र धेरै राज्य र शहरमा भेटिने खुद्रा पसल हो । यो अमेरिकाभर फैलिएको छ । थुप्रै सेभेन इलेभेनमा नेपाली, भारतीय लगायतले फ्रेन्सचाईच लिई संचालन गर्दै आएका छन् । वुधवारको कारवाहीमा हिरासतमा रहनेको नाम भने सार्वजनिक गरिएको छैन । सेभेन इलेभेनमा काम गर्ने नेपालीको संख्या पनि उल्लेख्य छ ।
 
अमेरिकामा कामगर्ने अधिकार नभएका अर्थात वर्क परमिट विनाका कागजात विहिन कामदार जसले राख्छन आजको कारवाही त्यस्ता व्यवसायीका लागि स्पष्ट र कडा सन्देश हो, आईसीईका कार्यवाहक निर्देशक थोमस ह्म्याले भने आईसीई कानुन पालना गराउन कठिवद्ध छ, यदी यस्ता कामदारलाई राखिएको भेटिए यो गैरकानुनी हुन्छ उक्त व्यवसायी जिम्मेवार हुनेछन् ।
 
यो राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले यताको व्यवसायमा प्रवेश गरेर गरिएको सवैभन्दा ठुलो कारवाही हो । चुनावी अभियानकै क्रममा ट्रम्पले गैरकानुनी रुपमा अमेरिका वस्ने आप्रावासीलाई कडाई गर्ने वताएका थिए । यो उनको मुख्य चुनावी मुद्दा थियो । राष्ट्रपति भएयता उनले यो मुद्दालाई निरन्तरता दिदैं इमिग्रेशन सम्वन्धमा कडा रुवैया अख्तियार गर्दै आएका छन् ।
 
 यसैक्रममा गत अक्टोवरमा आईसीईका कार्यवाहक निर्देशक होम्यानले पनि व्यवसायमा यस्ता गैरकानुनी काजगात विहिन कामदार राख्नेलाई हतोत्साहित गरिने वताएका थिए । अहिले अमेरिकी प्रशासन बृहत इमिग्रेशन सुधार कार्यक्रम ल्याउने विषयमा छलफल गरिरहेको छ । विशेष गरी नाबालक हुदां गैरकानुनी रुपमा अमेरिका छिरेकालाई अमेरिका वस्ने सुविधा दिने नदिने विषयमा वासिंटन छलफलमा व्यस्त छ ।
 
आईसीईले वुधवार वासिंटन डीसी, लगायत १७ राज्यका सेभेन इलेभेनमा प्रवेश गरेर सोधखोज र छानविन गरेको थियो । यसमा क्यालिफोर्निया, कोलोराडो, डिलावर, फ्लोरिडा, इलिनियोस, इन्डियाना, मेरिल्याण्ड, मिचिगन, मोजोरी, नाभाडा, न्यूजर्सी, न्यूयोर्क, नर्थ क्यारिलोना, ओर्यागन, पेन्सेलभानिया, टेक्सस र वासिंटन राज्यका सेभेन इलेभेन परेका छन् । 
 
सेभेने इलेभेनले भने आफुले कामदार नियुक्त नगर्ने र स्टोर मालिकलाई नै यो जिम्मेवारी दिएको विज्ञप्तिमा जनाएको छ । 
 
सेभेन इलेभेन फ्रेन्सचाईज भएपनि स्टोर मालिक उनको व्यवसायका लागि स्वतन्त्र छन् कामदार राख्ने जिम्मेवारीपनि उनीहरुकै हो अमेरिकामा काम गर्ने अधिकार युक्त कागजात छ छैन हेर्ने जिम्मेवारीपनि उनीहरुकै भएको सेभेन इलेभेनले विज्ञप्तिमा जनाएको छ । सेभेन इलेभेन फ्रेचाईज भएपनि उसले पसल संचालनमा मात्र मद्दत गर्छ व्यवसायको मालिक भने प्राय जसो व्यक्तिनै हुन्छन । स्टोरमा काम गर्ने कामदार सेभेन इलेभेन इन्कका कार्मचारी मानिदैनन् । 
 
यदी कसैले इमिग्रेशन कानुन पालना नगरी गैरकानुनी रुपमा कामदार राखेको भेटिए फ्रेन्चाईज सम्झौता तोडेको मानिन्छ यसलाई  गम्भिर रुपमा लिइने पनि सेभेन इलेभेनले जनाएको छ । 
 
आईसीईले वुधवारको कावारहीलाई सन् २०१३ का कारवाहीकै निरन्तरता रुपमा व्यवख्या गरेको छ । नौं जना फ्रेन्चाईज मालिक र म्यानेजरलाई धोकाघडी, चोरीको परिचयपत्र उपयोग गरेको र गैरकानुनी कामदारलाई राखेको आधारमा पक्राउ गरिएको थियो ।
 
वुधवारको कारवाहीको उद्देश्य रोजगारदाता कामदार राख्दा जिम्मेवारभई काम गरुन भन्ने रहेको आईसीईले जनाएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment