उत्तर कोरियाद्वारा अमेरिकाको हवाईमा मिसाईल आक्रमण ! न्यूर्योक उडाईदिने धम्की,तेस्रो विश्वयुद्धको खतरा !पुस ३० – अमेरिकाको हवाई राज्यमा मिसाइल आक्रमण हुन लागेको भन्दै सचेत गराउन सूचना पठाउने स्वीच गल्तीले थिच्दा सर्वसाधारण नागरिकमा त्रास फैलिएको छ । स्थानीय समय अनुसार शनिबार बिहान मिसाइल आक्रमण हुन सक्ने संकेत पाएपछि नागरिकलाई सचेत गराउने जिम्मासहित एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोवाइलमा गयो ।
सर्वसाधारणको मोवाइलमा ब्यालेस्टिक मिसाइलको खतरा हवाईमा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न र यो झुठ होइन भन्ने सूचना गयो । तर त्यसको केही समयपछि गल्तीबस मिसाइल अलर्ट स्वीच थिच्दा सूचना गएको भन्दै माफी मागिएको थियो । हवाईका गभर्नर डेविड इगीले माफी माग्दै कर्मचारीको गल्तीका कारण गलत सूचना गएको बताउनुभयो । सरकारले घटनाको पूर्ण छानबिन हुने बताएको छ ।
उत्तर कोरियाबाट हवाईमा मिसाइल आक्रमण हुन सक्ने खतरा रहेको भन्दै त्यहाँ नागरिकलाई सचेत बनाउनका लागि सूचना प्रणाली राखिएको छ । मिसाइल आक्रमणको खतरा हुने बित्तिकै सूचना केन्द्रमा रहेका कर्मचारीले स्वीच थिच्ने छन् र लगतै राज्यका बासिन्दाको मोवाइलमा चेतावनीसहितको सूचना पुग्छ ।
गएको डिसेम्बरमा हवाईमा यो सूचना प्रणालीको परीक्षण गरिएको थियो । यो सूचना मोवाइलमा जानुका साथै स्थानीय टेलिभिजन तथा रेडियो स्टेशनबाट पनि प्रशारण भएको थियो । चेतावनीसहितको सूचना पाएपछि हवाईका बासिन्दा सुरक्षित स्थानको खोजीमा लागेका थिए । तर सूचना झुठ रहेको थाहा पाएपछि उनीहरु आक्रोशित भएका छन् ।
0 comments:
Post a Comment