चीनमा क्रिश्चयनहरूकाे चर्चलार्इ चिनियाँ सरकारले भत्काइदिएकाे छ । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको हाे ।
द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ ।

समाचारअनुसार साङ्सीमा योलगायत कम्तीमा दुईवटा चर्च भत्काइसकिएको छ । चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा सी जिनपिङ राष्ट्रपति भएपछि चर्चहरू भत्काउने वा बन्द गराउने गरिएको समाचारमा उल्लेख छ ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गरेको छ ।
गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ ।
0 comments:
Post a Comment