– बिकास श्रेष्ठ
मंसिर १७,
मंसिर १७,
दक्षिण कोरियाको राजधानी सउल नजिकैको इन्छन समून्द्रमा आज बिहान माछा मार्ने डुङ्गा दुर्घटनामा परेको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा उद्धार गरिएका मध्ये केहिको अवश्था गम्भिर रहेको छ । डुङ्गामा दुइ जना चालक सहित बाइस जना सवार रहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।
इन्छनको यङहुङ पुल नजिकैको समून्द्रमा तेल बोकेको ट्याङ्करसँग ठोक्किएर डुङ्गा दुर्घटनामा परेको बताइएको छ । घटना बिहान छ बजेर बाह्र मिनेट जादाँँ भएको तटरक्षकले बताएका छन् ।
उद्धार र बेपत्ताको खोजि कार्यका लागि चार वटा हेलिकोप्टर र चौध वटा डुङ्गा प्रयोग गरिएको छ । उद्धार कार्य जारी छ ।
-हेल्लो नेपाल तथा कोरियन सञ्चार माध्यमको सहयोगमा

0 comments:
Post a Comment