गठबन्धनको यस्तो ताल : प्रचण्डले केपी ओलीलाई भने -'त्यो केपी ओली भन्ने भारतीय दलाल हो',भिडियो हेर्नुहोस !

राजनीति गजबकै विषय हो। काटाकाट शैलीमा एकअर्कालाई आलोचना गर्नेहरु समय क्रमसँगै चाटाचाट शैलीमा प्रशंसा गर्छन्। उहिलेको कुरा सही हो कि अहिलेको कुरा, सर्वसाधारण वाल्ल पर्छन्। अहिले वाम गठबन्धनमा एमाले र माओवादी मिलेर चुनाव लड्दै छन्। चुनावपछि पार्टी एकीकरण गर्ने समेत भनेका छन्। दुई पार्टीका अध्यक्षहरु केपी ओली र प्रचण्डका कारण यो सम्भव भएको हो।
ठ्याक्कै १० वर्षअघि २०६४ सालको संविधान सभा निर्वाचनअघि पनि यस्तै वाम तालमेलको प्रयास भएको थियो। तर अन्तिम समयसम्म पनि ‘एक वाम एक ठाम’ गरी तालमेल गर्ने प्रयास असफल भयो। किन? प्रचण्डले २०६४ सालमा उनको निवास नयाँ बजारमा यो विषयमा बताएका थिए जुन अहिलेसम्म सार्वजनिक भएको थिएन। हेरौँ उनले के भनेका थिए?
यदि तपाईँलाई समय धेरै छैन र ओलीलाई के भनेका थिए प्रचण्डले भन्ने मात्र सुन्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुस्-
वाम तालमेल किन हुन सकेन भन्ने विषयमा त्यतिबेला प्रचण्डको विश्लेषण पूरै यो तलको भिडियोमा हेर्नुस्-
उनले तालमेल हुन नसक्नुको दुई वटा कारण भनेका छन्। त्यस्तै चुनावको मुखमा आइसक्दा भने तत्कालीन एमाले महासचिव माधव नेपालले हार्ने संकेत पाइसकेको र झण्डै उनले एकतर्फी रुपमा तालमेल भएको घोषणा गर्न लागेको समेत बताएका छन्।
१० वर्षपछि यो भिडियो हेर्दा रमाइलो लाग्न सक्छ। आखिर राजनीतिमा रमाइलो हुनुपर्‍यो नै।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment