धादिङ दुर्घटना : अरु पनि शव भेटियो !! #RIP क्रिपया सेयर गरेर आफन्तसम्म पुर्याईदिनुहोस

गएको शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा भएको बस दुर्घटनामा हराइरहेकामध्ये एक जनाको शव बिहीबार फेला परेको छ । 
घाटबेसीस्थित त्रिशुली नदीको किनारमा सप्तरीका अभिनन्दन चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । 
दुर्घटनामा ३२ जनाको शव फेला परेको थियो भने १६ जना घाइते भएका थिए । दुर्घटनामा हराएका ३ जनामध्ये एक जनाको शव फेला परेपछि मृतकको संख्या ३३ पुगेको छ । प्रहरीलाई परिवारले दिएको जानकारी अनुसर अझै दुर्घटनामा एक बालक र एक किशोरी हराइरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment