BREAKING NEWS : बम विष्फोटमा परी बिनोद चाैधरीको मृत्यु

दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार नचिनेका मानिसको समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment