यस्तो ९ लक्ष्यण देखियो ? बुझ्नुहोस अब तपाईको मृत्यू धेरै नजिक आईसक्यो

पृथ्वीमा जन्म लिएपछि शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ ।
 १. मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।
२. कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।
३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।
४. गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।
५. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृत्युको समयमा निश्चित देखिन्छन् ।
६. पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।
७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।
८.पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।
९. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment