केपी ओलीले भने-'एमाले नभएकै कारण भगवान राम बनवास गएका हुन्,एमाले भएको भए बुद्धले ज्ञान नेपालमै पाउथे !'


९ मंसिर, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तनहुँको विकासमा विगतका जनप्रतिनिधीले केही काम गर्न नसकेको आरोप लगाएका छन् ।
आफू तनहुँ पुग्दा त्यहाँ विकासका कुनै पनि काम भएको नपाएको बताउँदै ओलीले कांग्रेसलाई आरोप लगाउने प्रयास गरे ।

तनहुँको दमौलिमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतमा कांग्रेसका उम्मेदवारले जितेर कुनै काम नगरेको आरोप लगाए । यसअघि ७० सालको दोस्रो संविधानसभाको चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट एमालेका टुकराज सिग्देल निर्वाचित भएका थिए ।
तनहुँको क्षेत्र नम्बर १ र २ मा भने कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा व्याख्या गरिएको भन्दै ओलीले भने, “सरकार वाम गठबन्धनले बनाउँदै छ, प्रधानमन्त्री को बन्छ आफैँ अनुमान लगाउनुहोस् ।”
ओलीले विगतमा कांग्रेसले देशका महत्वपूर्ण उद्योग बेचेर खाएको आरोप लगाए । लाखाँै युवाहरु विदेश जानुपर्ने बाध्यता पनि कांग्रेसले सृजना गरेको ओलीको आरोप छ ।
वृद्धभत्ता दिएर बुढापाकालाई आफूहरुले सम्मान गरेको अर्थ लगाउँदै अब बन्ने सरकारले वृद्धभत्ता ५ हजार पु¥याउने बताए ।
ओलीले भाषणका क्रममा बारम्बार वृद्ध भत्ता बढाउने आश्वासन दिएका थिए ।
भारतले नाकाबन्दी लगाउँदा आफू सरकारमा गएर नाकाबन्दी खुलाएको दाबी ओलीले गरे । लम्पसार पर्ने नीति होइन देशको शीर ठाडो पार्ने नीति आफूसँग रहेको ओलीको भनाई थियो ।
कृषिमा आधुनिकीकरण र पर्यटन प्रवद्र्धन गरेर देश विकास गरी बेरोजगारी हटाउने ओलीको भनाई थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment