उड्ने वित्तिकै जहाज बजारमा खस्यो,५५ जनाको मृत्यु ! पछिल्लो समय जहाज दुर्घटनाका घटना बढ्न थालेका छन् । भर्खरै एक जहाज उड्ने बित्तिकै जहाज दुर्घटना भएको ।
उड्ने वित्तिकै जहाज बजारमा खसेपछि ५५ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यसहित सबै को घटनास्थलमै ज्यान गएको हो ।
अहिलेसम्म यो जहाज दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय अग्नि नियन्त्रण विभागका प्रवक्ताका अनुसार यो घटना स्थानीय समयअनुसार ३ बजेर २० मिनेटमा भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा दुई पाइलोटका साथै अन्य ५३ यात्रु सवार थिए । यिनमा माइनिङ्ग कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नोली, उनकी पत्नी र दुई छोराछोरी पनि रहेका छन् ।
यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको थियो । यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन् ।

0 comments:
Post a Comment