नेपालमा बस चढ्ने पैसाले हवाई जहाज चढ्न पाईने ! बसमा कोच्चिएर जाने वा जहाजमा सररर... रोजाई तपाईको !

काठमाडौं । दशैं मानेर घरबाट काठमाडौं फर्कनेहरुको चाप छटसम्म रहने गरेको छ । दशैं मान्न जानको लागि टिकट नपाएर हैरान पनि हुनुहुन्थ्यो । तर अहिले काठमाडौं बाट अन्यत्र जान भने एयरलाइन्स कम्पनीहरुले सस्तोमा हवाई टिकट दिइरहेका छन् ।
महंगो रुटको उपमा पाएको पोखरा घुम्न जान चाहनेहरुको लागि एयरलाइन्सहरुले २ हजार २ सय रुपैयाँमा एकतर्फी टिकट दिइरहेका छन् । एयरलाइन्स कम्पनीहरुले खाली सिट उडान भरिरहेकोले सस्तोमै काठमाडौं बाट बाहिर जानेहरुको लागि टिकट उपलव्ध गराइरहेका छन् ।
अहिले यात्रु नभएपछि एयरलाइन्स कम्पनीहरुले सवैभन्दा सस्तो टिकट दिइरहेका छन् । काठमाडौबाट विराटनगर जानेहरुको लागि ३ हजारमै टिकट पाइन्छ । तर जुन नन रिफन्डेवल टिकट हो । तर यात्रु चाप भएकोवेला ७ हजार १ सय सम्म पुग्दछ ।
काठमाडौंबाट भद्रपुर जान भने २ हजार ८ सय रुपैयाँमा टिकट फालाफाल पाइन्छ । तर अन्य समयमा ८ हजार सय सम्म भाडा पर्दछ । त्यस्तैगरी काठमाडौैंबाट जानको लागि पनि ३ हजार ७ सय रुपैयाँमानै टिकट पाइन्छ । जुन अन्य समयमा १२ हजार सम्म पर्दछ ।
त्यस्तैगरी काठमाडौंबाट भैरहवाको लागि २ हजार ८ सय रुपैयाँ मात्रै रहेको छ । त्यस्तैगरी काठमाडौं बाट नेपालगन्ज जान ३ हजार २ सय रुपैयाँ मात्रै रहेको छ । अन्य समयमा ९ हजार ४ सय रुपैयाँ पर्दछ ।
महंगो र सस्तो भाडा
गन्तव्यसस्तोमहंगो
विराटनगर३०००७१००
भद्रपुर२८००८६००
धनगढी३७००१२१००
भैरहवा२८००५९००
नेपालगन्ज३२००९४००
पोखरा२२००५४००
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment