यिनी हुन् श्रीमान बिदेशमा बसेको मौका छोपी गहना र पैसा कुम्ल्याएर फरार हुने श्रीमती ! क्रिपया सेयर गरी खोजीमा सहयोग गरिदिनुहोस

अर्घाखाँचीकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद र गरगहना बोकि फरार भएकी छिन् । सितगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल फरार भएकी हुन् । उनी गत असोज २२ गते बिदेशबाट पैसा आएको छ, निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएको पौडेल परिवारले अनलाइन न्यूज नेपाललाई जानकारी दिएका छन् ।
फरार पवित्राको ३ वर्ष अगाडी सामाजिक परम्परा अनुसार बिवाह भएको थियो भने उनको कोखमा अहिले १४ महिनाको छोरा छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ ओटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए ।
त्यतिमात्र होइन पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएको पौडेल परिवारले जनाएको छ । पवित्राको खोजी गर्दै जाँदा सितगंगा नगरपालिका वडा नं. ५ थारपाइलाका लक्ष्मण भूसाल सँग गएको हुन सक्ने प्रमाण फेला परेको छ ।
लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । उनीहरुको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् । श्रीमति धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश आज साँझ सम्ममा काठमाडौं आइ पुग्दै छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment