गयो ८ म्याग्निच्युडको शक्तीशाली भुकम्प : ठूलो क्षतिको अनुमान, ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन, भूकम्पमा परेका एक ब्याक्ति भन्छन “मैलै यति लामो समयसम्म धर्ती हल्लिएको कहिल्यै पनि महसुस गरेको थिइनँ।

गयो ८ म्याग्निच्युडको शक्तीशाली भुकम्प : ठूलो क्षतिको अनुमान, ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन, भूकम्पमा परेका एक ब्याक्ति भन्छन “मैलै यति लामो समयसम्म धर्ती हल्लिएको कहिल्यै पनि महसुस गरेको थिइनँ।मेक्सिको सिटी, २३ भदौ । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ ।
त्यहाँका भवनहरु हल्लिएका थिए भने मानिसहरु अत्तालिएर सडकमा निस्किएका थिए। मेक्सिको सिटीमा एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको विवरणहरुमा जनाइएको छ।
उक्त शहर डुल्न आएका एकजना पयर्टकले रोयर्टस समाचार संस्थासँग भने, “मैलै यति लामो समयसम्म धर्ती हल्लिएको कहिल्यै पनि महसुस गरेको थिइनँ।” सन् १९८५ को भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटी नजिकै रहेको थियो र त्यसका कारण हजारौंले ज्यान गुमाएका थिए। पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ।
उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दू सहरबाट टाढा रहेको छ । चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट उक्त भूकम्पको केन्द्रबिन्दु करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ ।
प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता
यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ ।
समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।
भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment