अहिले भएको नेपाल आइडलले पछि पनि आफ्नो इज्जत राख्नुपर्ने हुनाले गायकीको अलावा उमेरको परिपक्वता, हेर्दा राम्रो लुक्स, पर्सनालिटी र व्यवहार पनि हेरेर विदेशी उत्पादक कम्पनीको समेत राय लिएर जज र कार्यक्रम निर्माता बीच कसलाई नेपाल आइडल बनाउने भन्ने कुरा तय भइसकेको स्रोतको दावी छ । यसो त यसखाले कार्टेलिङ अन्य विदेशी शोहरुमा समेत हुने गर्छ ! आयोजकले अन्तिम दिनको खर्च उठाउन भन्दै कतारमा उक्त कार्यक्रम हेर्नका लागि टिकेटको व्यवस्था समेत गरेको छ । अन्तराष्ट्रिय शोहरुमा भने फिनालेका दिन निशुल्क प्रवेश सहितको कार्यक्रम आयोजना हुने गरेको छ । 'नेपाल आइडलमा पैसा कमाउने यस्तो फोहोरी खेल चलेको छ कि एसएमएसको कमिसन पाउन आयोजकले नै जजहरुलाई केहि दिन भोट गर्ने मिति लम्ब्याउन निर्देशन दिएका थिए । यो निर्णयमा तीन जजहरुपनि डमीमात्र हुन् । उनीहरुले निर्माताले जसो भने त्यसै गर्ने हो ।' स्रोतले भन्यो ।
नेपाल आइडल त्यस्तो कम्पनीको प्रायोजनमा चलेको रियालिटी शो हो जसले खुलेआम नेपालीहरु ठगीरहेको छ ।
0 comments:
Post a Comment