जताततै बाढी पहिरो र डुबानको खबर आउदै गर्दा नारायणीबाट आयो डरलाग्दो खबर

नवलपरासी, २९ साउन । पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।
नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको
नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिनुभयो । बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ ।
नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो । जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment