भारतले ढोका नखोल्दा कोशी ब्यारेज भत्किन थाल्यो ! विहारको अधिकांश भु-भाग डुबानमा

भारतले ढोका नखोल्दा कोशी ब्यारेज भत्किन थाल्यो ! विहारको अधिकांश भुभाग डुबानमा 
नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ।

एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।

एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न माग गरेको छ। यो बाँध नेपालमा रहेता पनि भारतीय अधिकारीहरुद्वारा नियन्त्रित छ। बाँधमा ५२ ढोका छन्। सबै ढोका खोल्न माग गरिए पनि हिजोसम्म जम्मा ३७ ढोका मात्र खोलिएको छ। बाँधका ढोका नखोल्दा नेपाली भूभाग डुबानमा पर्छ।
सीमा क्षेत्रमा अन्तरार्ष्ट्रिय मापदण्डविपरित भारतले एकतर्फी ढंगले बाँधेका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनाका साथै कैयौँ बस्तीलाई जोखिममा पुर्‍याउन छ। तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ। रासस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment