संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले केदारभक्त माथेमा नेतृत्वको कार्यदलको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।
सिंहदरबारमा शुक्रबार दिउँसो बसेको समितिको बैठकले चिकित्सा शिक्षा सुधारका लागि माथेमा कार्यदलले दिएको सुझाव अनुसार विधेयक पारित गरेको समिति सभापति रञ्जु झाले जानकारी दिनुभयो । समितिले विधेयक पारित गरेपछि १९ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको मुख्य माग पनि पुरा हुने भएको छ । माग पूरा हुने भएपछि डाक्टर केसीको असन पनि शुक्रबार नै तोडिने सम्भावना छ ।
विधेयक अब संसदमा पेश भएपछि पारित हुनेछ । विधेयक पास हुनुपर्ने माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीका माग पुरा गर्न देशभरका चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दै बालुवाटार घेराउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सर्वपक्षीय बैठक बोलाएर केसीको माग अनुसार विधेयक तयार गर्न निर्देशन दिनुभएको थियो । विधेयकमा तीन वर्ष अवधि र मापदण्ड पुगेका निजी मेडिकल कलेजले सम्बन्ध पाउने र काठमाण्डौंमा १० वर्षसम्म कुनै पनि मेडिकल खोल्न नपाइने व्यवस्था गरिएको छ ।

If you have any complain about this news please comment us in this box.
0 comments:
Post a Comment