
श्रृजना आचार्य, काठमाण्डौ । चामल प्लाष्टिकको, अण्डा प्लाष्टिकको, तरकारीमा विष, पसलमा बेच्न राखेका विस्कुट चाउचाउ लगायत खानेकुरा म्याद नाघेका र अखाद्य, सडकमा प्रदुषण, पानी प्रदुषित हैन यस्तो हुदा सम्म पनि उपभोक्ता अधिकारका बारेमा किन वहस हुदैन ? यो काठमाण्डौमा अब स्वस्थ्य र स्वच्छ भन्ने कुनै कुरा पनि छैन ?
केही महिना देखि भारतीय संचार माध्यम र सामाजिक संजालमा नक्कली अण्डाको बिगबिगी भन्दै समाचार आए । चाइनाले प्लाष्टिकको चामल बनाएको समाचार पनि केही महिना अघि सामाजिक संजालमा आएको थियो । सामाजिक संजालमा कतिपय यस्ता कुरा पनि आएका हुन्छन जुन कुरा विश्वास गरीहाल्न सकिदैन ।
तर, काठमाण्डौमै प्लाष्टिकको चामल भेटीएको समाचारले भने सांच्चै सोचनिय बनाएको छ । बास्तविक चामलमा प्लाष्टिकको चामल मिसाएर बेच्ने गरेको अभियोगमा राजधानीमै ब्यापारी पक्राउ परेको खबर सांच्चैनै निकै डरलाग्दो अवस्था हो । काठमाण्डौ प्रहरी परिसरले सक्कली चामलमा प्लाष्टिकको चामल मिसाएर बेचेको आरोपमा काठमाण्डौ सितापाइलावाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । चामलमा मिसावट भएको सूचनाका आधारमा उनलाई पक्राउ गरीएको र चामलको परिक्षण भइरहेको प्रहरीले जनाएको छ । नाफा कमाउने नाममा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कृयाकलाप ब्यापारीबाट भएको हो भने सांच्चै कठोर सजायको भागीदार उसलाई बनाउनुपर्छ । मानव स्वास्थ्यको दृष्टिकोणले काठमाण्डौ शहर निकै खतरनाक सावित हुन थालेको छ । यो यस्तो ठाउं भै दियो जहां मानिस नआई पनि नहुने आएर पनि बांच्न नसकिने ।
हामीले खाने प्रत्येक गास बिष समान भएका छन्, हिड्ने प्रत्येक पाइलाले हाम्रो स्वास्थ्य बिगार्र्दै लगेको छ । हामीले फेर्ने प्रत्येक श्वास धुवा धुलो मिसिएको छ । जसले गर्दा शरीरमा अनगिन्ती रोग बोकेर हिंडेका छौं ।
0 comments:
Post a Comment