भारतमा मःमः प्रतिबन्ध अभियान सुरु

सडकदेखि तारे होटलसम्म पाइने मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको…
NAYABATO.COM
सडकदेखि तारे होटलसम्म पाइने मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मः
मः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।
लोकप्रिय परिकार मःमःमा अजिनोमोटो राखिएको भन्दै भारतीय जनता पार्टीका सांसद रमेश अरोराले प्रतिबन्धको अभियान थालेका हुन्। ‘अजिनोमोटोका कारण मःमः आन्द्राको क्यान्सर र विभिन्न घातक रोगको मूल कारणको रुपमा देखिएको छ,’ अरोराले भने। पाँच महिनादेखि आफ्नो राज्य कश्मिरमा मात्रै भए पनि मःमः प्रतिबन्ध लगाउन अराेराको प्रयास जारी छ।
‘अजिनोमोटोले क्यान्सरलगायत विभिन्न घातक रोग निम्त्याउँछ। यसले साधारण टाउको दुखाइलाई माइग्रेनमा परिणत गरिदिन्छ,’ उनले भने। मःमः खाँदा स्मरणशक्तिमा ह्रास आउने, दुई वर्षसम्म लगातार खाँदा पेटको क्यान्सर हुने एवं अजिनोमोटो लागूऔषधभन्दा खतरनाक भएको उनले दाबी गरे।
अरोराले हालै स्वास्थ्यमन्त्री बाली भगतलाई भेट गरेर मःमः र चिनियाँ परिकारमाथि प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरेका छन्।
भारतमा अजिनोमोटो प्रतिबन्ध छ। प्रधानमन्त्री कार्यालयका कनिष्ठमन्त्री जितेन्द्र सिंह नेतृत्वको टोलीले गरेको अनुसन्धानले भारतमा मःमः लोकप्रिय भएको देखाएको थियो। भारतमा मःमः नेपाली खानाको रुपमा परिचित छ। अरोराको अभियानपछि जम्मुमा मःमःको बिक्री ३५ प्रतिशतले घटेको भन्दै उनले सन्तुष्टि जनाएका छन्।
उत्तरपूर्वी भारतका प्रान्तहरु एवं राजधानी नयाँ दिल्लीमा मःमः धेरैको प्रिय परिकार हो। @nagariknews 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment