भारतीय झण्डाले घेरिएको अवस्थामा भेटिईन् मिस नेपाल निकिता चन्दक !

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकले जितेकी छन् । निकिताको यो जित संगै उनको परिवार संगै सारा नेपालि यतिखेर जितको खुशीमा छ भने केहि व्यक्तिहरुले उनि मारबाडि समुदायको चेली भएकोले नेपालि थरको चेली किन मिस नेपाल बन्न सकेन भन्ने गुनासो संगै मिस नेपालको लागि नेपालि भाषाको मान्यता नभएको र अंग्रेजी भाषालाई मान्यता दिएको जस्ता टिप्पणि आउन थालेका छन् । यस्तै क्रममा हामीले निकितालाई सामाजिक संजाल फेसबुकमा खोज्ने क्रममा एक तस्बिर भेटेउ, जुन उनले २०१५ सेप्टेम्बेर २८ का दिन प्रोफ़ाईन फोटो बनाएकी छिन । जुन फोटोमा उनलाई भारतीय झण्डाले घेरेको प्रष्ट देखिन्छ । हुन त यो कुनै ठुलो बिषय नहोला तर राष्ट्रको पहिचान बनेको मिस नेपाल जस्तो प्रतिष्ठित उपाधि हासिल गरेपछि यस्तो कुरा सामाजिक संजालमा रहदा आउने दिनहरुमा असर पर्ला कि नपर्ला ? त्यो भने हेर्न बाकि नै छ । शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। चन्दकले १ लाख रुपैयाँ पुरस्कार पाएकी छन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । त्यस्तै मिस अर्थको ताज पहिरिदैं रोजिना श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् भने नीति शाहले मिस नेपाल इन्टरनेशनलको ताज पहिरिएर ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन् । मिस एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भएकी छन् ।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment