त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागी..

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो आगलागी भएको छ। यद्यपी यो आगलागी विपद् नभएर आपत्कालीन सुरक्षा सम्बन्धी परीक्षणका लागि गरिएको विमानस्थलले जनाएको छ। विमानस्थल व्यवस्थापनले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’का लागि विमानस्थलमा आगजनी गरेको हो। विमानस्थल कार्यालयमा दिउँसो ४:३० बजे आगलागी भएको हो। आगलागीको अवधिमा सबै उडान ठप्प पारिएको छ। विमानस्थले प्रत्येक दुई-दुई वर्षमा गर्दै आएको आपत्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागी..त्कालीन सुरुक्षा सम्बन्धी परीक्षण गरेको हो। अभ्यासको परीक्षण गर्दा आधाघन्टा पूर्ण रुपमा विमानस्थल बन्द भएको छ। 
विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहा रहेको यात्रुलाई सकुशल उद्धार गरेको छ। आपत्कालीन अवस्थामा आइपर्ने सबै प्रक्रिया पूरा गर्ने गरी हरेक संयन्त्र तयारी अवस्थाम रहेको सन्देश दिन उक्त कार्य गरेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । आइकाओको नियम अनुसार प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले यस्तो अभ्यास गर्नुपर्छ। अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था बारे जनतालाई सन्देश दिन यस्तो कार्य गरेको ठाकुरको भनाइ छ। ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रणको प्रयास भएको छ भने घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment