कर्णाली नदीमा यात्रु बस खस्यो : १० जनाको मृत्यु

 कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
यस्तै १८ यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment