Breaking : कालिकोटमा दोहोरो भिडन्त, प्रहरी हतियार छोडेर भाग्यो, नेपाली सेनाद्वरा हतियार सहित आत्मसमर्पण !


कालिकोट - कालिकोटको मालकोटमा दोहोरो भिडन्त भारको खबर छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले दिएको जानकारी अनुसार प्रहरीले हतियार छोडेर भागेको छ भने नेपाली सेना तथष्ट बसेको छ । 

उनका अनुसार भिडन्तमा परी ८ जना घाइते भएका छन् । 'उक्त बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाइरहेका छन् ।' उनले भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यता कालीकोट सदरमुकाममा रहेका पत्रकार प्रताप शर्माले घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यालयले घटनाबारे जानकारी नभएको र घटनास्थलमा फोन सम्पर्क हुन नसकेको बताएको जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
- See more at: http://www.arthasarokar.com/2017/05/breaking-news-kalikot.html?m=1#sthash.5LE0kw9U.dpuf
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment