धादिङको निलकण्ठ १० गोलाभन्ज्याङको भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको बोर्डिङ स्कूलको ग१ख ३४०५ नम्बरको बस भकारेमा दुर्घट्नामा परेको हो ।
उक्त रुटमा चल्ने गाडी बिग्रेपछि उक्त स्कूल बसलाई यात्रु लिनको लागि बोलाइएको थियो । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छ्तमा सामान बाँध्ने क्रममा रोकेर राखेको बस ओरालोमा गुडेर दुर्घट्ना भएको बताइएको छ ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment