चुनावको मुखमा किन यस्तो मरण ?


काठमाडौं, वैशाख २० । चुनावको कुरा गर्दा प्रायः सबैले भन्ने गर्थे– पहाडमा विप्लव छ, मधेसमा चुनावको सम्भावनानै छैन । तर, यथार्य पुरै उल्टो देखियो न विप्लवले राज्यको ध्यान तान्ने गरि विध्वंश मच्चाए नत चुवानको नामै सुन्न नसक्ने उपेन्द्र यादव भड्किए ।
तर, एकाध अप्रिय घटनाभने यसबिच घटित भए । अघिल्लो दिन मनोनयन दर्ता गराएकी एउटा उम्मेदवार मृत अवस्थामा फेला परिन् । चुनाव गराउने जिम्मेवारी बोकेर ठाउँमै पुगेका एक निर्वाचन अधिकृत मनोनयन दर्ताको सबै तयारी पुरा गरेर पासो लाग्ने प्रयत्न गरे ।
बुधबार धादिङमा एक महिला उम्मेदवार झुन्डिएको अवस्थामा फेला परिन् । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजारलाई मृत अवस्थामा फेला पारिएको हो । ३५ वर्षीय मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनबाट दलित उम्मेदवारको रुपमा उठाएको थियो । उनको हत्या हो या आत्महत्या हालसम्म पुष्टि भएको छैन ।
त्यस्तै, मंगलबार सम्मान गर्दा प्रयोग गरिने खादाको पासो लगाएर झुन्डिरहेको अवस्थामा रसुवामा निर्वाचन अधिकृत फेला परे । रसुवा जिल्लाको कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष गिरीले होटलमा नै आत्महत्याको प्रयास गरेका हुन् । समयमै अरुले देख्दा उनको प्राण पखेरो उड्न भने भ्याएन ।
बेपत्ता छानविन आयोगका उपन्यायाधिवक्ता समेत रहेका गिरीलाई होटलको कोठामा रहेका साथिले गलाको पासो लगाएर खोलेका थिए । उम्मेदवारी दर्ता हुने पूर्वसन्ध्यामा गिरीले आत्माहत्याको प्रयास गरेका हुन् । उनले किन त्यस्तो अप्रिय बाटो रोजे सो को तत्थ्य पनि बाहिर आएको छैन ।
उता म्याग्दीमा वडा अध्यक्षका उम्मेदवार पनि अपहरणमा परे । बेनी नगरपालिका वडा नं. ३ भकिम्तीमा कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार घोषणा गरिएका क्याप्टेन जसबहादुर पुन अपहरणमा परेका हुन् । भकिम्लीबाट जिल्ला सदरमुकाम आउँदै गर्दा बाटोबाटै अपहरणमा परेका उनलाई अपहरणकारीले नौ घण्टापछि रिहा गरेको थियो । यसबारेमा कांग्रेसले विज्ञप्ती जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले अपहरण गरेको दावी गरेको छ ।
त्यसोत, यस्ता घटनाहरुलाई चुनावको पूर्वसन्ध्यामा नेपालीहरुले सामान्य रुपमा लिने गरेका छन् । हरेक निर्वाचनको बखत यस्ता घटनाहरु भइरहन्छन् । २०७० सालको मंसिरमा भएको दोस्रो संविधान सभाको चुनाव अघि पनि झापाबाट दुईजना उम्मेदवार बेपत्ता भएका थिए । झापा क्षेत्र नं. ५ बाट नेपाल आमा पार्टीबाट उम्मेदवारी दिएका चिन्तादेवी ढुङ्गेल बेपत्ता भएकी थिइन् । त्यस्तै, सोही निर्वाचनको समयमा झापा क्षेत्र नं. ३ का संङघीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार गोपाल थेवे पनि बेपत्ता भएका थिए । झापामै नेकपा मालेका क्षेत्र नं. ३ का उम्मेदवार नवराज खरेललाई मोटरसाइकलमा आएका अपरिचित व्याक्तिले अपहरण गरेर १० घण्टापछि छोडेका थिए ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु चर्चामा आउनको लागि आफु अपहरणमा परेको नाटक गर्छन् र प्रचारबाजीमा लाग्छन् भन्ने समेत आम विश्वास छ । तर, आत्महत्या नै गर्नुचाँही अघि अनौठो घटनाका रुपमा यसपटक देखापर्यो ।
त्यस्तै, निर्वाचनको प्रचार–प्रसारको बखत निर्वाचन बहिष्कार गर्ने दलले उम्मेदवारहरुमाथि आक्रमण गर्ने, अपहरण गर्ने तथा अन्य गतिविधिहरुबाट मतदातालाई आतंकित पार्ने गर्छन् ।
स्थानीय तहको चुनावमा विप्लव माओबादीको गतिविधि बाधक हुने भन्दै राज्यका सुरक्ष संयन्त्रहरुले विशेष सुरक्षा सर्तकता अपनाउने बताएका थिए ।
शाही शासनकालमा तत्कालिन राजा ज्ञानेन्द्रले स्थानीय चुनाव गर्न खोज्दा तत्कालीन माओबादी कार्यकर्ताहरुले उम्मेदवारहरुलाई कुटपटि तथा हत्या गर्न थालेपछि चुनाव बिथोलिएको थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment