ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, के गर्नेबारे छलफल सुरु


काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा आज गरेको पत्रकार सम्मेलनलाई लिएर निर्वाचन आयोगले आपत्ति जनाएको छ। आयोगले ओलीको पत्रकार सम्मेलनलाई लिएर अहिले आन्तरिक छलफल गरेको छ ।
शनिबार अपरान्ह एमाले मुख्यालय धुम्बाराहीमा ओलीले पत्रकार सम्मेलन गरेलगत्तै निर्वाचन आयोगले यस्तो आपत्ति जनाएको हो ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मौन अवधिमा ओलीले पत्रकार सम्मेलन गरेको विषयलाई आचारसंहिता विपरित भएको टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन आचारसंहिता विपरित हो, पत्रकार सम्मेलनमा पत्रकाहरुपनि जान हुँदैन्थ्यो।’
त्यसतै आयोगका सचिव गोपिनाथ मैनालीले ओलीको पत्रकार सम्मेलनलाई लिएर आयोगका पदाधिकारीहरुवीच अहिले आन्तरिक छलफल भैरहेको बताए । उनले भने,‘मौन अवधिमा पत्रकार सम्मेलन गर्न मिल्दैन, यो आचारसंहिता विपरित छ, यसका बारेमा हामी अहिले छलफल गर्दैछौं, कारबाही हुन्छ।’
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment