यी समाचार वाचिका जसले आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढनुपर्‍यो

सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु।
छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन्। र, घटनाका बारेमा थप जानकारी मागिन्।
मासामुन्ड जिल्लाको पिठौरामा भएको उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए। उनले मृतकको सनाखत भइनसकेको बताए। उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन्।
समाचार सकिएपछि उनले फेरि संवाददातालाई फोन गरिन्। आफ्नो श्रीमानको मृत्यु पुष्टि भयो।
सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन्। 
कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन्। हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो। 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment