मनको यही धरमरमा उनलाई लाग्छ, कतै एमालेलाई भोट दिए फेरी लोडसेडिङ हुने त होइन ? त्यति बढी बुझ्ने नभएपनि उनलाई कुलमानको नाम थाहा छ । प्रचण्ड प्रधानमन्त्री भएपछि दिएका केही निर्देशन उनले सुनेकी छिन् । अस्ति मात्रै पुनरवासमा भारतीय प्रहरी आएर नेपाली युवाको हत्या गरेको घटनामा पनि स्थानीय माओवादी नेताले खेलेको भूमिकाले उनी प्रभावित बनेकी छिन् ।राधिकाको परिवारमा एमाले नेता लाल बहादुर विश्वकर्मा, रामकुमार ज्ञवाली, तारा लामा तामाङहरुको बाक्लै आउजाउ हुने गथ्र्यो कुनै बेला । यही भएर उनको मनमा सूर्य चिन्हको छाप पर्यो । तर अहिले आएर भने उनलाई डर छ, कुलमानका कारण बिजुली आएको हुनाले एमाले सरकारमा गएपछि कुलमानलाई हटाएपछि फेरी उस्तै पो हुने हो कि भन्ने ?
एमालेलाई भोट दिए कुलमान हट्छन्, फेरी हुन्छ लोडसेडिङ !
चुनावका लागि उम्मेदवारको छनौट भइरहेको बेला त्रिभुवनबस्तीकी राधिकालाई झन चिन्ता थपिएको छ । पहिलो संविधान सभाको निर्वाचनदेखि नै सूर्यमा भोट हाल्दै आइन उनी । “छिमेकीहरु पनि एमाले, आफूलाई राजनीति थाहा नभएपनि लालबहादुर र ज्ञवाली सरको कुरा मन पराएर सूर्यमा भोट दिए अहिलेसम्म” राधिका भन्छिन्, “यसपालि भने दोधारमा पो परेँ”राधिकाको एक मनले भन्छ, एमालेलाई भोट दिम सधै. जस्तो । तर अर्को मनले मान्दैन । उनले सम्झिन्छिन् छोरीको परीक्षाको बेला काठमाडौं बसाईको दुख । राजधानीको एउटा क्याम्पसमा व्यवस्थापन दोश्रो वर्षको परीक्षा दिँदै गर्दा १४ घण्टासम्म लोडसेडिङ हुँदा छोरी रोएको सम्झिन्छिन उनी । अहिले त्यही छोरी बिबिएसको परीक्षा दिइरहेछे । “त्यो बेला बत्ती नभएर मैनबत्तीमा परीक्षाको तयारी गर्नु परेको थियो छोरीलाई, कति दिन त चिन्ता मानेर रोई पनि । अहिले चौथो वर्षको परीक्षा चलिरहेको छ उसको । कति खुशी होली बत्ती नगएर” राधिकाले भनिन् ।
मनको यही धरमरमा उनलाई लाग्छ, कतै एमालेलाई भोट दिए फेरी लोडसेडिङ हुने त होइन ? त्यति बढी बुझ्ने नभएपनि उनलाई कुलमानको नाम थाहा छ । प्रचण्ड प्रधानमन्त्री भएपछि दिएका केही निर्देशन उनले सुनेकी छिन् । अस्ति मात्रै पुनरवासमा भारतीय प्रहरी आएर नेपाली युवाको हत्या गरेको घटनामा पनि स्थानीय माओवादी नेताले खेलेको भूमिकाले उनी प्रभावित बनेकी छिन् ।राधिकाको परिवारमा एमाले नेता लाल बहादुर विश्वकर्मा, रामकुमार ज्ञवाली, तारा लामा तामाङहरुको बाक्लै आउजाउ हुने गथ्र्यो कुनै बेला । यही भएर उनको मनमा सूर्य चिन्हको छाप पर्यो । तर अहिले आएर भने उनलाई डर छ, कुलमानका कारण बिजुली आएको हुनाले एमाले सरकारमा गएपछि कुलमानलाई हटाएपछि फेरी उस्तै पो हुने हो कि भन्ने ?
मनको यही धरमरमा उनलाई लाग्छ, कतै एमालेलाई भोट दिए फेरी लोडसेडिङ हुने त होइन ? त्यति बढी बुझ्ने नभएपनि उनलाई कुलमानको नाम थाहा छ । प्रचण्ड प्रधानमन्त्री भएपछि दिएका केही निर्देशन उनले सुनेकी छिन् । अस्ति मात्रै पुनरवासमा भारतीय प्रहरी आएर नेपाली युवाको हत्या गरेको घटनामा पनि स्थानीय माओवादी नेताले खेलेको भूमिकाले उनी प्रभावित बनेकी छिन् ।राधिकाको परिवारमा एमाले नेता लाल बहादुर विश्वकर्मा, रामकुमार ज्ञवाली, तारा लामा तामाङहरुको बाक्लै आउजाउ हुने गथ्र्यो कुनै बेला । यही भएर उनको मनमा सूर्य चिन्हको छाप पर्यो । तर अहिले आएर भने उनलाई डर छ, कुलमानका कारण बिजुली आएको हुनाले एमाले सरकारमा गएपछि कुलमानलाई हटाएपछि फेरी उस्तै पो हुने हो कि भन्ने ?
0 comments:
Post a Comment