एमाले कार्यकर्ताले पत्रकारलाई ढुङगाले हानेर ४ वटा दाँत झारिदिएका छन् ।

जाजरकोट, वैशाख १६

नेकपा एमालेका कार्यकर्ताले जाजरकोटमा स्थानीय पत्रकारमाथि कुटपिट गरी दाँत झारिदिएका छन् । भेरी खवर डटdat jhardeko representative photo कममा कार्यरत पत्रकार काँशीराम न्यौपानेमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् । मजकोटमा रहेका न्यौपानेमाथि एमाले समर्थक प्रेमवहादुर वस्नेतको समुहले ढुङगा प्रहार गर्दा न्यौपानेको ४ वटा दाँत झरेका छन् ।
पत्रकारमाथि माओवादीको आरोप लगाउँदै आक्रमण गर्नु राजनीतिक संस्कार नभएर जंगली प्रवृती भएको प्रेस सेन्टर जाजरकोटले जनाएको छ ।
चित्त नवुझेका कुरा छलफल गरि समाधान गर्नुका साटो आक्रमण गरि ज्यान लिने उदेश्य राख्नु जंगली प्रवृती भएको प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसीे निकालेको विज्ञप्तिमा उल्लेख छ । केसीले दोषीमाथी कारवाहीको माग गरेका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment