स्मार्ट लाइसेन्स लिनुभयो ? तपाईंको व्यक्तिगत विवरण भारत पुग्यो !


२० चैत काठमाडौं । यातायात व्यवस्था विभागले १६ महिनादेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी चालक अनुमतिपत्र ‘इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । यसबारेमा पत्रकार रामेश्वर बोहोराले खोजपत्रकारिता केन्द्रका लागि तयार पारेको अनुसन्धानात्मक सामाग्री आजको हिमाल खबर म्यागेजिनमा प्रकाशित छ, जसमा भनिएको छ कि स्मार्ट लाइसेन्स लिने नेपालीहरुको व्यक्तिगत विवरण भारतमा पुगिरहेको छ ।
हिमाल खबरमा भनिएको छ- सवारीचालक अनुमति पत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान स्मार्ट लाइसेन्स वितरण गर्न थालेको सरकारले यति लापरवाहीपूर्ण काम गरेको छ कि अहिले ड्राइभिङ गर्ने हरेक नेपालीको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नेईस्थित एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ ।

स्मार्ट कार्डबारे निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीको प्रतिक्रिया छ- ‘सरकारकै एउटा निकायले अर्कोलाई दिन नमिल्ने नागरिकको व्यक्तिगत विवरण अर्को देशको कम्पनीलाई दिइनु अक्षम्य गल्ती  हो
सामाचारमा जनाइए अनुसार हालसम्म वागमती अञ्चल यातायात कार्यालयले वितरण लाइसेन्स वितरण गरेको १ लाख ४० हजार नेपाली नागरिकको विवरण भारतीय कम्पनीको हातमा पुगिसकेको छ ।
स्मार्ट कार्डबारे निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीको प्रतिक्रिया छ- ‘सरकारकै एउटा निकायले अर्कोलाई दिन नमिल्ने नागरिकको व्यक्तिगत विवरण अर्को देशको कम्पनीलाई दिइनु अक्षम्य गल्ती र नागरिकको संविधान प्रदत्त अधिकारको हनन हो ।’
यस्तोछ भारतीय कम्पनीलाई लेखेको पत्र
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment